भब्यताका साथ तङनाम मनाईयो - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

भब्यताका साथ तङनाम मनाईयो

साइनो समाचारदाता तेह्रथुम । पुर्बी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै संस्कार संस्कृती रहेको छ । यी समुदायलाई प्रकृती पुजको रुपमा लिईन्छ । लिम्बु समुदायको आफ्नै मौलिक पर्वहरु रहेका छन । यी पर्वहरु मध्ये चासोक तङनाम आर्थत (न्वागीपुजा) पनी एक हो । यो पर्व अन्नबाली पाकेर प्राकृतीलाई चढाउन सुरु भए सँगै चासोक सुरु हुन्छ ।

अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतीलाई अनुमती मागी अन्नबाली लगाउने गर्छन । लगायतको अन्नबाली पाकेर पनी कसैले नखाई प्रकृतीलाई चढाएर मात्रै ग्रहण गर्ने प्रचलन रहँदै आएको छ । पुर्बको बिभीन्न क्षेत्र सँगै तेह्रथुमको छथर गाउँपालिकामा पनी भब्य समारोहका साथ मनाईएको छ । बिभीन्न कार्यक्रमका माझ चासोक पुजा तथा बिभीन्न प्रतियोगिता सञ्चालन गर्दै यो पर्व हर्ष उस्लासका साथ लिम्बु समुदायले मनाएका छन । पछिल्लो समय सामुहिक रुपमा सुखदुख बाँड्ने पर्वको रुपमा चासोक तङनाम तङनाम मनाउन थालिएको तुलसी तिगेलाले बताए । पर्वको अबसरमा लिम्बु समुदायको च्याब्रुङ नाच प्रदर्शन तथा छेलो हान्ने धनुकाँड हान्ने भलिबल लगायतका लोप हुँदै गएका खेलहरु समेत सञ्चालन गरीन्दै आएका छन । अन्नबाली तागेरा निङवाफुमाङलाई चढाएर गरिने अनुष्ठान नै चासोक भएको लिम्बु समुदायका अभीयान्ता दिल पाक्साँवाको भनाई छ । पछिल्लो समय लिम्बु समुदायहरु आफ्नो भाषा, लिपी,संस्कार संस्कृती संरक्षणका लागी चासो दिन थालको पाइन्छ । यी पर्वहरुले सबै नागरिकहरुलाई एउटै मालामा उन्न प्रेरित गराउन सक्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

पुर्बी नेपाल लगायत देश भित्र र बाहिर रहेको लिम्बुहरुले चासोक तङनामलाई हर्ष उस्लासका साथ मनाउन थालेका छन । यी पर्वलाई स्थानीय सरकारले स्थानीय बिदा दिन सुरु गरेको छ । लोप हुँदै गएको मौलिक पर्वहरुलाई संरक्षणलाई चासो दिने हो भने सामुहिक पर्वको रुपमा बिकास हुने थियो ।

सम्बन्धित खवर