खैरो हेरोईनसहित झापाबाट दुई जना पक्राउ - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

खैरो हेरोईनसहित झापाबाट दुई जना पक्राउ

साइनो समाचारदाता
काठमाडौं । झापाको मेची नगरपालिका–८ बाट लागु औषध खैरो होरोईन सहित दुई जनालाई प्रहरीले पक्रेको छ । मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मालाई लागुऔषध नियन्त्रण व्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोईन बरामद गरेको छ । को.३८प ७१४९ नम्बरको मोटरसाईकलमा सवार सुरज र अंकितलाई मेची क्राउन होटल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर