स्थानीय सरकारले शैक्षिक आतंक सृजना गरेको भन्दै छथर कांग्रेसद्धारा प्रेस विज्ञप्ती सार्वजानिक - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

स्थानीय सरकारले शैक्षिक आतंक सृजना गरेको भन्दै छथर कांग्रेसद्धारा प्रेस विज्ञप्ती सार्वजानिक

साइनो समाचारदाता
तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले दरबन्दी मिलानको नाममा शैक्षिक आतंक सृजना गरेको भन्दै नेपाली कांग्रेस छथरले प्रेस विज्ञप्ती सार्वजानिक गरेको छ । छथर गाउँपालिकाको वडा नं ५ स्थीत श्री भगवती मा.बि. मा कार्यरत प्रा.शि. श्री लक्ष्मीप्रसाद खत्रीलाई आस्थाका आधारमा ऐन कानुन विपरित सरुवा गरी शैक्षिक आतंक सृजना गर्ने कार्य गरेकाले सो प्रती घोर भत्र्सना गर्दै प्रेस विज्ञप्ती सार्वजानिक गरेको जनाएको छ ।

विज्ञप्तीमा शैक्षिक आतंकको बिरुद्धमा चरणबद्ध आन्दोलन गर्दै अघी बढ्ने जनाईएको छ । उक्त आन्दोलनबाट हुने शैक्षिक, बौद्धिक लगायतका क्षतीको सम्पुर्ण जवाफदेहता छथर गाउँ कार्यपालिकाले लिनुपर्ने छथर कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले स्थानीय सरकारलाई रचनात्मक कार्य गर्न सहयोग गर्दा गर्दै वेवास्ता गरी निरङकुस शैलीमा कार्य गरी रहेकाले आन्दोलनका लागी कार्यक्रम गर्न बाध्य भएको बताएको छ । न्यायको आन्दोलनमा सहयोग पुर्याउन नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुमा समेत आग्रह गरेको छ ।

सम्बन्धित खवर