टेन्सबर्ग पथरीशनिश्चरे प्रिमियर लिगको उपाधी टेन नवोदयलाई - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

टेन्सबर्ग पथरीशनिश्चरे प्रिमियर लिगको उपाधी टेन नवोदयलाई

साइनो समाचारदाता
पथरी । पथरी शनिश्चरेमा जारि टेन्सबर्ग पथरीशनिश्चरे प्रिमियर लिगको उपाधी टेन नवोदयले हात पारेको छ । समुह वि बाट नकाउट प्रबेशमा द रियल ब्रदर्स संग पराजित हुदै उपविजेता भएको टेन नवोदयले फाईनलमा एक गोल गर्दै उपाधी चुमेको हो ।

शनिवार सम्पन्न फाईनल खेलको ५८ औं मिनेटमा टेन नवोदयका रोशन माझीले गरेको गोल नै निर्णायक गोल बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलिले निकै राम्रा अवसरहरु गुमाएका थिए । जित संगै टेन नवोदयले नगद १ लाख ७५ हजार रुपैयाँ ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता द रियल ब्रदर्सले ७५ हजार रुपैयाँ ट्रफि र प्रमाण पत्रमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत घोषित हुदै नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन भने फाइनल खेलको मेन अफ द म्याच द रियल ब्रदर्सका विशाल पाण्डे घोषित भए । उत्कृष्ट डिफेन्स द रियल ब्रदर्सका तिर्थराज बस्नेत, उत्कृष्ट मिडफिल्ड सिरिजंङ्गाका जहरमान लिम्बू, उत्कृष्ट फरवार्ड टेन नवोदयका रोशन माझी, उदयमान खेलाडी वाई जि एफ टीका सञ्जय लिम्बु घोषित हुर्दै जनहि ५÷५ हजार रुपैयाँ प्राप्त गरेका छन । प्रतियोगिताको फेयर प्लेको उपाधी देविगञ्ज फुटबल क्लबले पाएको छ भने उत्कृष्ट प्रशिक्षक विजेता टोलिका प्रशिक्षक साजन काङ्वा बनेका छन ।

विजेता तथा उपविजेता टोलीलाई पथरीशनिश्चरे नगरपालीकाका प्रमुख दिलिपकुमार राई, एन्फा केन्दिय सहसचिव बसन्त अर्याल, एन्फा केन्द्रिय सदस्य दिपक राई, टाईगर ब्रुअरी तथा वि एण्ड सी मेडीकल कलेजका सिइओ निराजन प्रसाई र देवि डाडा कन्ट्रक्सनका प्रोप्राइटर नविन तामाङले पुरस्कृत गर्नु भएको थियो ।

सम्बन्धित खवर