राष्ट्रपति बिध्यादेवी भण्डारीको गृह जिल्लामा काङग्रेस प्रबेशको लर्को - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

राष्ट्रपति बिध्यादेवी भण्डारीको गृह जिल्लामा काङग्रेस प्रबेशको लर्को

साइनो समाचारदाता
लेटाङ/ संविधान बिघटन भए संगै राष्ट्रपति बिध्यादेवी भण्डारीको गृह जिल्लामा विभिन्न पाटि परित्याग गरि काङग्रेस प्रबेश गर्नेको लर्को लागेको छ । नेकपाको दुई तिहाईको सरकार भित्रको आन्तरीक खिचातानीका कारण पुर्वि मोरङको लेटाङ, पथरीशनिश्चरे, उर्लाबारी, मिक्लाजुङ र कानेपोखरीमा नेकपा र लिम्बुवान परित्याग गरि काङग्रेस प्रबेस भएका छन ।

मोरङको लेटाङ नगरपाली वडा नं. ९ जातेको वुढौली चौकमा संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका केन्द्रिय सदस्य रविन चेम्जोङको नेतृत्वमा ४० परिवारका १२४ जना काङग्रेस प्रबेस गरेका हुन । प्रबेश गर्नेमा संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका केन्द्रिय सदस्य रविन चेम्जोङ, क्षेत्रिय सदस्य रुद्र चेम्जोङ, जाते कमाण्डर तिलक लिम्बू, रोशन लिम्बू, टेकबहादुर राई, नेकपा टोल संयोजक भविन राई लगायत एउटा टोल नै काङग्रेस प्रबेश गरेका हुन ।

नव प्रबेसी कार्यकर्ताहरुलाई स्वागत सम्मान गर्दै जिल्ला सभापती डिग बहादुर लिम्बुले देशमा काङग्रेसको विकल्प अरु नभएको भन्दै देश र जनताको भलाई गर्ने पाटि नेपाली काङग्रेस भएकाले देशमा जटिल अवस्था आउदा काङग्रेसले नै समाधान गर्नु परेको बताउनु भयो ।
कार्यक्रमलाई संबोधन गर्दै क्षेत्रिय सभापती खड्ग फागोले देश र हे जनता रहन्छ जनता रहे पाटि रहने भन्दै देशका तमाम युवाहरुको आवार बुलन्द गने पाटि भनेको नेपाली काङग्रेस भएको बताउनु भयो । युवाहरु एक ढिक्का भएर गुट र उपगुटको पछि नलागी देश निमार्णमा अघि बढ्न आह्वन गर्नु भयो ।

कार्यक्रममा महासमिती सदस्य शंकर राईले नगरले जनता मुखी भएर काम गरि रहेको तर माथिल्लो सरकारले आफ्नो पाटि भित्रको खिच्चा तानिका कारण विकास निर्माण र नगरका योजनाहरुले पुर्णता नपाएको बताए ।लेटाङ ९ बाट नेकपाले गएको निर्वाचनमा उपमेयर र वडाध्यक्ष विजयी गरेको थियो । जनताको आस र भरोसा काङग्रेस नै रहेकाले नेकपा परित्याग गर्नु परेको संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका केन्द्रय सदस्य रविन चेम्जोङले बताए । नारामा मात्र सिमित भएको नेकपाले सुख दुखमा साथ नदिएकाले पाटि परित्याग गर्नु परेको नेकपाका टोल संयोजक भविन राईले बताए ।

पुर्वि मोरङको लेटाङमा १२४, उर्लाबारीमा, १५३ मिक्लाजुङमा १५० पथरीशनिश्चरेमा ४० र कानेपोखरीमा ११८ नेकपा र लिम्बुवान परित्याग गरि काङग्रेस प्रबेस भएका छन ।

 

सम्बन्धित खवर