नेकपामा वाक्क भएका दर्जनौ कार्यकर्ता काङग्रेस प्रवेश - Sainokhabar
  • शुक्रबार, बैशाख १०, २०७८

नेकपामा वाक्क भएका दर्जनौ कार्यकर्ता काङग्रेस प्रवेश

साइनो समाचारदाता
रामेछाप । नेकपाको किचलोले वाक्क भएको भन्दै नेकपाका दर्जनौ कार्यकर्ता काङग्रेस प्रवेश गरेका छन् । जिल्लाको सुनापति गाउँपालिका वार्ड नं १ गुन्सीका दर्जनौं युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

शुक्रबार गुन्सीमा भएको एक कार्यक्रमकाबीच २ दर्जनबढी युवाहरुलाई कांग्रेसमा प्रवेश गराइएको नेपाली कांग्रेस गुन्सीका इकाई सभापति कमल बहादुर चौलागाईँले जानकारी दिए । नव प्रवेशी युवाहरुलाई नेपाली कांग्रेस रामेछापका पूर्व जिल्ला सभापति रामचन्द्र खड्काले कांग्रेसमा स्वागत गरेका थिए ।

नव प्रवेशी युवाहरुले लोकतन्त्र र समृद्धिको अन्तिम विकल्प कांग्रेस भएको कारण आफूहरु कांग्रेसमा प्रवेश गरेको बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि भरत चौलागाईँ, नेता जितबहादुर मोक्तान, नेतृ बिनिता खड्कालगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर