मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएलगत्तै कांग्रेसले बोलायो संसदीय दलको बैठक - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएलगत्तै कांग्रेसले बोलायो संसदीय दलको बैठक

साइनो समाचारदाता
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै बागमती प्रदेश कांग्रेस संसदीय दलले बैठक बोलाएको छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक घटना क्रमबारे छलफल गर्न शुक्रबार चार बजे बैठक बोलाइएको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए । प्रचण्ड–माधव समूहका ४५ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध शुक्रबार नै प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

सम्बन्धित खवर