ओलीलाई अर्को झड्का, प्रदेश १ सांसद उषाकला राईद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गर्दै प्रचण्ड नेपाल पक्षमा - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

ओलीलाई अर्को झड्का, प्रदेश १ सांसद उषाकला राईद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गर्दै प्रचण्ड नेपाल पक्षमा

साइनो समाचारदाता । प्रदेश १ की सांसद तथा नेकपा नेतृ उषाकला राईले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेकि छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सम्मानपूर्वक दिनुभएको केन्द्रीय सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताएकी छन् ।

सेतोपाटीसँग कुरा गर्दै उनले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको बताइन् । आफ्ना शुभचिन्तकको सुझावका आधारमा प्रधानमन्त्री ओलीसँग रहन नसकेको उनले बताइन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राईले जनता भन्दा ठूलो पद र पैसा नभएको भन्दै आफूले पद अस्वीकार गरेको बताएकि हुन् ।

‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ । तर, पद र पैसा केहि होइन । जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छदैछ,’ उनले भनेकी छन्,‘ सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं। तर आज त्यो अलपत्र परेको छ।’

भ्रष्टचारको अन्त्य गरी समृद्धिका मुद्दाहरुलाई अगाडि बढाइरहेको बेला ति सबै कुरा अलपत्र पार्ने काममा आफू नलाग्ने बताएकि छन्। ‘यो बिचको बिकशित राजनीतिक परिघट्नामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नुभएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु। तर मेरा ज्ञानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटि सदस्य नरहेको सबैमा अनुरोध गर्दछु ।’

सेतोपाटी

सम्बन्धित खवर