१ सय भन्दा बढी च्याब्रुङ सहित चासोक तङनाम छथरमा मनाईने - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

१ सय भन्दा बढी च्याब्रुङ सहित चासोक तङनाम छथरमा मनाईने

रेवत पारघारी
तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको केन्द्रमा भब्य रुपमा चासोक तङनाम मनाईने भएको छ । १ सय भन्दा बढी च्याब्रुङ सहित बिभीन्न कार्यत्रक्रमका बिच बनाईने भएको हो ।

तङनामलाई ब्यापकता दिन नारायण सुब्बाको अध्यक्षतामा ३५ सदस्यीय चासोक तङनाम आयोजक समिती गठन गरीएको छ । यही पौष १३ गते देखी १५ गते सम्म छथरको सुक्रबारे बजारमा भब्य रुपमा मनाईने तयारी भएको आयोजक समितीले जनाएको छ । तङनामको अबसरमा १ सय च्याब्रुङ सहित केलाङ,भलिबल प्रतियोतिा,पलुम लेप्मा (छेलो हान्ने) चासोक पुजा लगायतका कार्यक्रम रहेका छन । आयोजकका अनुसार पहिलो १३ देखी १४ भलिबल ,१५ गते बिहान पुजा दिउँसो भब्य केलाङ कार्यक्रम रहेका छन ।

सम्बन्धित खवर