सिरिजंगालाई हराउँदै टेन नवोदय फाइनल प्रवेश - Sainokhabar
  • सोमबार, असोज ०४, २०७८

सिरिजंगालाई हराउँदै टेन नवोदय फाइनल प्रवेश

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगिताको फाइनलमा टेन नवोदय फुटवल क्लव प्रवेश गरेको छ । आज (बुधबार) भएको खेलमा सिरिजंगा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै टेन नवोदय फाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएको १५ औं मिनेटमा टेन नवोदयको तर्फबाट रोशन माझिले निर्णायक गोल गरेका थिए । नवोदयको गोलपछि आक्रामक रुपमा खेलेको सिरिजङगाले गोलका लागि धेरै अवसरहरु प्राप्त गरेपनि गोलकिपर अर्जुन बस्नेतले बचाउ गरेका थिए । नवोदयकै अर्का खेलाडी सेनेहाङ लिम्बूले खेलको अन्त्य हुनै लाग्दा रेड कार्ड पाएर मैदान छाड्नु परेको थियो ।

खेलको म्यन अफ द म्याच टेन नवोदयका संजिव लिम्बु घोषित भए । भोली(बिहिबार)को अन्तिम सेमि फाइनल खेल द रियल ब्रदर्श र हेरिका न्युस्टारबीच हुने आयोजक समितिको सहसंयोजक बिक्की राईले बताए ।

सम्बन्धित खवर