ओलीको समर्थनमा मोटरसाइकल ¥याली - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

ओलीको समर्थनमा मोटरसाइकल ¥याली

साइनो समाचारदाता
जनकपुरधाम । जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मोटरसाइकल ¥याली प्रदर्शन भएको छ । नेकपाका नेता महेश बस्नेतको अगुवाईमा आज भएको मोटरसाइकल ¥यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

जनकपुरधामको मुजेलिया नजिकबाट निकालिएको मोटरसाइकल ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा पुगेर टुँगिएको थियो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदमलाई सही भन्दै उनीहरुले समर्थनमा प्रदर्शन गरेका हुन् । जनकपुरमा मंगलबार नै नेता बस्नेतले पार्टीका युवाहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

सम्बन्धित खवर