सर्वोच्च बारमा वरिष्ठ अधिवक्ता शाक्य विजयी - Sainokhabar
  • आइतबार, माघ ११, २०७७

सर्वोच्च बारमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

साइनो समाचारदाता । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी हुनुभएको छ । उहाँ २९५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गर्नुभएको छ ।

वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवसायी समूहको तथा अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गर्नुभएको थियो ।

नयाँ कार्यसमितिका उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी हुनुभएको छ । महिला सदस्यमा अमिता गौतम पौडेल तथा सदस्यमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी हुनुभएको छ ।

 

रासस

सम्बन्धित खवर