मुख्यमन्त्रीद्वारा विवाहपञ्चमीको शुभकामना - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

मुख्यमन्त्रीद्वारा विवाहपञ्चमीको शुभकामना

साइनो समाचारदाता । मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको सन्देशमा त्रेतायुगमा माता सीता र भगवान् रामको विवाह भएको संस्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुर पाल्नुभएका श्रद्धालु भक्तजनप्रति शुभकामना व्यक्त गरिएको उल्लेख छ ।

मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाई पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । रामजानकी विवाहपञ्चमी धार्मिक एवं सांस्कृतिक विधिपूर्वक शनिबार जनकपुरधाममा उल्लासमय वातावरणमा मनाइने भएको छ ।

 

रासस

सम्बन्धित खवर