खैरो हिरोइनसहित 3 जना पक्राउ - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

खैरो हिरोइनसहित 3 जना पक्राउ

साइनो समाचारदाता । मोरङको विराटनगरबाट खैरो हिरोइनसहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध व्यूरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–१७ मटेरुवा बस्ने लद्दिफुल मिया, भारत घर भएका सुरजेश कुमार राय र आशिक मियालाई पक्राउ गरेको हो ।

लद्दिफुलको साथबाट १३ ग्राम र अन्य दुइको साथबाट ५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधवार पक्राउ गरेर प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खवर