टेन नवोदय ६ अंकका साथ समुह विको शिर्ष स्थानमा - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

टेन नवोदय ६ अंकका साथ समुह विको शिर्ष स्थानमा

प्रेम केडि भट्टराई पथरी/ मोरङको पथरीशनिश्चरेमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिगको बुधबारकोे खेलमा टेन नवोदय विजयी भएको छ । दोस्रो चरणको तेस्रो खेलमा वाई जि एफ टि लाई १ गोलले पराजित गर्दै टेन नवोदय ६ अंकका साथ समुह विको शिर्ष स्थानमा पुगेको छ ।

पहिलो हाफकाे १६ औं मिनेटमा टेन नवोदयका घनश्याम चौहाने गरेको गोल नै खेलको निर्णयक गोल बन्यौ । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फबाट धेरै गोल गर्ने मैका पाए पनि गोल गर्न भने चुकेका थिए । वाई जि एफ टिले धेरै गोल गर्ने मैका पाए पनि टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेतले बचाएका थिए । खेलको म्यान अफदी म्याच टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत घोषित भए ।


पथरीशनिश्चरेको पथरी रंगशालामा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिग च्याम्पियनले नगद १ लाख ७५ हजार र फस्ट रनरअपले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । लिग च्याम्पियनको नगद पथरीशनिश्चरे फेमेली हङकङले प्रायोजन गरेको छ भने टाईटल स्पोन्सर टेन्सबर्ग वियरले गरेको छ ।

खेल मंसिर २५ देखि पुस ११ गते सम्म पथरी रंगशालामा संचालन हुने छ । बुधबारको खेल देविगञ्ज एफसीका बिरुद्ध द रियल बदर्स विच हुने आयोजक कमिटिले जनाएको छ ।

सम्बन्धित खवर