पथरीशनिश्चरे प्रिमियर लिगकाे शिर्ष स्थानमा सिरिजंगा - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

पथरीशनिश्चरे प्रिमियर लिगकाे शिर्ष स्थानमा सिरिजंगा

 प्रेम केडि भट्टराई पथरी/
मोरङको पथरीशनिश्चरेमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिगको मंगलबारको खेलमा सिरिजंगा एफ सि विजयी भएको छ । दोस्रो चरणको दोस्रो खेलमा शिखर एफ सि लाई २ गोलले पराजित गर्दै सिरिजंगा एफ सि ले ६ अंक बटुल्दै लिगकाे शिर्ष स्थानमा छ ।

पहिलो हाफमा गोल रहित बराबरीमा टुगिएकाे थियो । निकै दवावमा रहेको शिखर एफ सिलाई खेलको ४९ औ मिनेटमा सिरिजंघा एफ सिका मञ्जिल खड्काले फ्रिकिक मार्फत गोल गर्दै अग्रता लिएका थिए । खेलको ५९ अौंं मिनेटमा जहरमान लिम्बुले गोल गर्दै सिरिजंगा एफ सिले २ गोलको अग्रता बनाए । शिखर एफ सिका लागि खेलको ७९ औ मिनेटमा एक मात्र सान्तवना गोल सौराज राउतले गरेका थिए । खेलको म्यान अफदी म्याच सिरिजंघा एफ सिका जहरमान लिम्बु घोषित भए ।

पथरीशनिश्चरेको पथरी रंगशालामा आयोजित प्रथम टेन्सवर्ग प्रिमियर लिगमा नगर भित्रका १४४ खेलाडीहरु ८ क्लवमा अनुबन्दीत भएका छन । मोफसलमै पहिलो पटक अक्सन मार्फत खेलाडीलाई अनुबन्दीत गरि सुरु गरिएको लिग च्याम्पियनले नगद १ लाख ७५ हजार र फस्ट रनरअपले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । लिग च्याम्पियनको नगद पथरीशनिश्चरे फेमेली हङकङले प्रायोजन गरेको छ भने टाईटल स्पोन्सर टेन्सबर्ग वियरले गरेको छ ।

खेल मंसिर २५ देखि पुस ११ गते सम्म पथरी रंगशालामा संचालन हुने छ । बुधबारको खेल 10 नवोदय र वाई जि एफ टि बिच हुने आयोजक कमिटिले जनाएको छ ।

सम्बन्धित खवर