जनचाहना अनुरुप सडकमा आएका हौँ, रामचन्द्रजीको गिरफ्तारीको बहाना संयोग – महत - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

जनचाहना अनुरुप सडकमा आएका हौँ, रामचन्द्रजीको गिरफ्तारीको बहाना संयोग – महत

प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी । नेपाली काङग्रेसका नेता प्रकाशसरण महतले काङ्ग्रेस जनताको मागअनुरुप सडकमा आउनुपरेको बताएका छन् । मंगलबार मोरङको पथरीशनिश्चरेमा कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्ताको गुनासो सुन्दै उनले सो कुरा बताएका हुन् ।

काङग्रेसले देशभर गरेको सरकारबिरुद्धको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्न झापा आएका नेता महतले नेपाली काङग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पक्राउ गरेपछि मात्र काङ्ग्रेसले खबरदारी गरेको र सरकारका अनियमीतता तथा भ्रष्टाचारमा चुँ बोल्न नसकेको गुनासो जनताबाट आउन थालेको गुनासो कार्यकर्ताले राखेपछि जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् । सो क्रममा बोल्दै उनले जननिर्वाचित सरकारलाई ३ वर्षसम्म ढुक्कका साथ काम गर्न दिँदा पनि जनचाहना अनुसारका काम गर्न नसकेको र विभिन्न काण्डमा फसेर जनतालाई निराश भएपछि सदन र सडकबाट आवाज उठाउनु परेको बताए ।

काङग्रेसले सरकारका अनियमितताका बिरुद्ध आवाज नउठाएर आफ्ना नेता पक्राउ पर्दामात्र आवाज उठाएको भन्ने प्रचार गलत भएको भन्दै जागरण अभियान पनि सरकारका गलत कार्यबिरुद्धको खबरदारी नै भएको भन्दै स्मरण गर्न आग्रह गरे । कार्यकर्ताको जवाफ दिने क्रममा उनले अघिल्लो सरकारले गरेका राम्रा निर्णय पनि आफ्नो सरकारले गरेको भनेर भ्रम छर्ने र आफ्नो सरकारले गरेका गलत कार्यहरुबाट विभिन्न बहानामा पन्छिने अनि अरुलाई आरोप लगाउने बताए ।

सम्बन्धित खवर