अमरदहमा आगलागी २ करोड बराबरको क्षती - Sainokhabar
  • शुक्रबार, बैशाख १०, २०७८

अमरदहमा आगलागी २ करोड बराबरको क्षती

साइनो समाचारदाता
पथरी । मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदहको मुख्य बजारमा गतराति भिषण आगलागी भएको छ । आईतबार राति करिब १ बजेदेखि मुख्य चोकमा रहेको पारस किराना पसलमा आगो लाग्न सुरु भएको स्थानीयले बताए ।

आगलागी बाट दुई तल्ले घर, गोदाम सहित पसल मा रहेको १५ सय बोरा चामल, करिब ५ लाख बराबरको रिचार्ज कार्ड, नगद २५ लाख, १८ तोला सुन, चाँदी ८० तोला , लत्ताकपडा, र किराना पसलमा रहेको चाउचाउ, बिस्कुट, तोरी तेल, घरमा रहेको लत्ताकपडा समेत पुर्ण रुपमा जलेर क्षती भएको छ । आगलागीबाट २ करोड बराबरको क्षती भएको प्रहरीले जनाएको छ । राति १ बजे बिद्युत सर्टभई आगालागि सुरु भएको थियोे ।

प्रहरी, स्थानीयवासी, बिराटनगर, रंगेली, सुन्दहरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा बारुणयन्त्र ले बिहान ६ बजे आगो नियन्त्रणमा लिन सफल भएकोे ईलका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

सम्बन्धित खवर