पथरीशनिश्चरे प्रिमियर लिगमा हिमाअस हाईवे र हेरिका न्यू स्टार बरावर - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

पथरीशनिश्चरे प्रिमियर लिगमा हिमाअस हाईवे र हेरिका न्यू स्टार बरावर

प्रेम केडि भटंटराई पथरी/
मोरङको पथरीशनिश्चरेमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिगको सोमबार भएको खेलमा हिमाअस हाईवे र हेरिका न्यू स्टारले १÷१ अंक बाडेका छन । खेलमा हिमाअस हाईवेका आशिश गुरुङले पहिलो हाफको २० औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए ।
१–० ले पछि परेको हेरिका न्यू स्टारले खेलको दोस्रो हाफको ४३ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल बरावरीमा पुर्याएको थियो । दोस्रो हाफमा लयमा फर्केको हेरिका न्यू स्टारले पाएको पेनाल्टीलाई सहि सदुपयोग गर्दै क्याप्टेन मिन धिमाले गोलमा परिणत गरेका थिए ।

लिगको दोस्रो चरणको पहिलो खेल खेल्दै हिमाअस हाईवेले २ र हेरिका न्यू स्टारले १ अंक बटुलेको छ । खेलको म्यान अफदी म्याच हेरिका न्यू स्टारका मिन धिमाल घोषित भए ।
पथरीशनिश्चरेको पथरी रंगशालामा आयोजित प्रथम टेन्सवर्ग प्रिमियर लिगमा नगर भित्रका १४४ खेलाडीहरु ८ क्लवमा अनुबन्दीत भएका छन । मोफसलमै पहिलो पटक अक्सन मार्फत खेलाडीलाई अनुबन्दीत गरि सुरु गरिएको
लिग च्याम्पेनले नगद १ लाख ७५ हजार र फस्ट रनरअपले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । लिग च्याम्पेनको नगद पथरीशनिश्चरे फेमेली हङकङले प्रयोजन गरेको छ भने टाईटल स्पोन्सर टेन्सबर्ग वियरले गरेको छ ।

खेल मंसिर २५ देखि पुस ११ गते सम्म पथरी रंगशालामा संचालन हुने छ । मंगबारको खेल शिखर एफ सी र सिरजिंगा एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ ।

सम्बन्धित खवर