२९ गते सरकारबिरुद्ध काङग्रेसको देशभर खबरदारी, पथरीमा छैन नेता तथा कार्यकर्ताको पूर्वतयारी - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

२९ गते सरकारबिरुद्ध काङग्रेसको देशभर खबरदारी, पथरीमा छैन नेता तथा कार्यकर्ताको पूर्वतयारी

प्रेमप्रसाद भट्टराई(के.डी)
पथरी । बर्तमान कम्युनिष्ट सरकार भ्रष्टाचार र आन्तरिक कलहमा ब्यस्त रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसले मंसिर २९ गते सोमबार देशभर सरकारबिरुद्ध प्रदर्शन गर्दैछ । तर मोरङको पथरीशनिश्चरेमा भने कार्यक्रमको अघिल्लो दिनसम्म पनि न नेताहरुलाई खबर छ न त कार्यकर्ताहरुलाई नै । नेतृत्व तहमा बसेका नेताले नै जानकारी नदिएपछि तल्लो तहका कार्यकर्ता र पार्टीका समर्थकहरुमा त कुरै छोडौँ । अधिवेशन र चुनावमा टिकटका लागि केन्द्रसम्म धाउने पार्टीका वडादेखि क्षेत्रीय पदाधिकारीहरु यस्ता कार्यक्रममा भने तै चुप मै चुप भएर लुकामारी खेल्ने गरेका छन् ।

मोरङको निर्वाचन क्षेत्र नं ३ पथरीशनिश्चरेमा नेतृत्वले कार्यक्रमका लागि खर्चको जोहो गर्न नसक्नु, कार्यकर्तासामु नेतृत्दादयी भुमिका निभाउन नसक्नु, महाधिवेशन र चुनावि टिकटका लागि मात्र सहभागिता र खर्च गर्नुले समर्थकहरुमा पनि नैराश्यता छाएको देखिन्छ । २९ गतेको कार्यक्रमका बारेमा पनि आफुहरुलाई नेतृत्वले कुनै खबर नगरेको भन्दै नेता कार्यकर्ताहरुले गुनासो समेत गर्न थालेका छन् । अझ कतिले सामाजिक सञ्जालमा खुलेरै सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।

पथरीशनिश्चरे नगरमा प्रतिपक्षीले आफ्नो भुमिका देखाउन नसकिरहेका बेला गुटगत राजनितिलगायतका कारण कतिपय नेताहरुलाई सोमबार हुने कार्यक्रमका लागि कहाँबाट जाने कतिबेला जाने कसैलाई जानकारी नभएको कार्यकर्ताहरुले गुनासो गरिरहेका छन् । मोरङको बिराटनगरमा हुन लागेको जिल्लास्तरिय कार्यक्रममा महामन्त्री शसांक कोइरालाले सम्बोधन गर्दैछन् । उक्त कार्यक्रममा उल्लेख्य सहभागिता जनाउन सबै क्षेत्रका नेता तथा कार्यकर्तालाई जिल्ला सभापतिले अनुरोध गरेका छरेका छन् । क्षेत्रीय सभापतिको गृहनगर समेत रहेको पथरीशनिश्चरेमा भने कार्यक्रमका लागि कुनै तयारी देखिएको छैन । कार्यकर्तालाई तयारी अवस्थामा नराख्नुले यहाँको नेतृत्वप्रतिको कमजोरीलाई प्रष्ट रुपमा बुझ्न सकिन्छ ।

नेपाली काङग्रेस मोरङ जिल्ला सदस्य समेत रहेका नेता धनकुमार तामाङले त कार्यक्रमका बारेमा नेतृत्वले नेतृत्व गर्न नसकेको र अन्य नेताहरुलाई निर्देशन तथा छलफल समेत नगरेको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेको छन् । यता जि.पि कोइराला फाउण्डेसनका जिल्ला अध्यक्ष समेत रहेका ने.वि.संघका नेता सुविन पराजुलिले पनि आफ लाई कुनै जानकारी नआएको तर कार्यक्रममा भने उपस्थित हुने बताए । तरुण दल नगरसभापति सन्तोष कट्वालले पनि तरुण दललाई आधिकारीक रुपमा कुनै जानकारी नआएको तर कार्यक्रममा आफु भने उपस्थित हुने बताए । पाटी तथा तरुण दलका लागि हरेक कार्यक्रममा उच्च भुमिकाका साथ सहभागिता जनाउदै आएका तरुण दलका युवा नेता भुपेन राणपहेलीले पनि कार्यक्रममा सहभागिताका लागि कसैले खबर नगरेको गुनासो गरे ।

नगरमा पाटीका नेतृत्वपंतिमा रहेका नेताहरुनै कार्यक्रमको तयारीमा नजुट्नु र जानकारी नगराउनुले कार्यक्रमा पथरीशनिश्चरे नगरबाट सहभागि हुने नहुने बिषयमा तल्लो तहका नेता, कार्यकर्ता तथा पार्टीका शुभचिन्तकहरुमा द्धिविधा उत्पन्न गराएको छ । कार्यक्रमको अघिल्लो दिनसम्मको अवस्थालाई हेर्ने हो भने नेतृत्व कसले लिएको छ र नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगरबाट कार्यक्रममा कति नेता तथा कार्यकर्ता सहभागिता जनाउला भन्ने विषयमा अन्यौल छ ।

सम्बन्धित खवर