पथरीशनिश्चरे प्रिमियर लिगमा वाइ. जी.एफ.टी र दि रियल ब्रदर्श बरावर - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

पथरीशनिश्चरे प्रिमियर लिगमा वाइ. जी.एफ.टी र दि रियल ब्रदर्श बरावर

प्रेम केडि भट्टराई पथरी/ मोरङको पथरीशनिश्चरेमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिगको आईतवार भएको खेलमा वाइ. जी.एफ.टी र दि रियल ब्रदर्शले १÷१ अंक बाडेका छन । मोफसलमै पहिलो पटक अक्सन मार्फत खेलाडीलाई अनुबन्दीत गरि सुरु गरिएको प्रतियोगिताको आईतवार भएको खेलमा द रियल ब्रदर्शका सुजन खत्रिले खेलको ११ औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको वाइ.जि.एफ.टी.ले खेलको ८१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल बरावरीमा पुर्याएको थियो । द रियल ब्रदर्शले डिबक्स भित्र फल गरे पछि पाएको पेनाल्टीलाई वाइ.जि.एफ.टी.का निमन लिम्बूले गोलमा परिणत गरेका थिए । खेलको दोस्रो हाफमा रक्षात्मक खेलेको रियल ब्रोदरले अग्रता जोगाउन नसक्दा दुवैटिमले १–१ अंक बाँड्नु परेको थियो । खेलको म्यान अफदी म्याच वाइ.जि.एफ.टी.का खेलाडी संजय लिम्बू घोषित भए ।


पथरीशनिश्चरेको पथरी रंगशालामा आयोजित प्रथम टेन्सवर्ग प्रिमियर लिगमा नगर भित्रका १४४ खेलाडीहरु ८ क्लवमा अनुबन्दीत भएका छन । लिग च्याम्पेनले नगद १ लाख ७५ हजार र फस्ट रनरअपले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । लिग च्याम्पेनको नगद पथरीशनिश्चरे फेमेली हङकङले प्रयोजन गरेको छ भने टाईटल स्पोन्सर टेन्सबर्ग वियरले गरेको छ ।

खेल मंसिर २५ देखि पुस ११ गते सम्म पथरी रंगशालामा संचालन हुने छ । सोमबारको खेल हिमाअस हाइवे र हेरिका न्यूस्टार बिच हुने आयोजक कमिटिले जनाएको छ ।

सम्बन्धित खवर