पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा तीन बालिकाको मृत्यु - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा तीन बालिकाको मृत्यु

साइनो समाचारदाता
काठमाडौं । पौडी खेल्े क्रममा पोखरीमा डुब्दा तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा तीन बालिकाको मृत्यु भएको छ । सिँचाइका लागि स्थानीय कृषक समूहले बनाएको प्लास्टिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना रहेका छन् ।

गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताए । शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट निस्किएका थिए । अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए । शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।

सम्बन्धित खवर