पथरीशनिश्चरे प्रिमियर लिगको तेस्रो खेलमा टेन नवोदय विजयी - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

पथरीशनिश्चरे प्रिमियर लिगको तेस्रो खेलमा टेन नवोदय विजयी

प्रेम केडि भट्टराई पथरी/ मोरङको पथरीशनिश्चरेमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिगको शनिवार भएको खेलमा टेन नवोदय क्लव बिजयी भएको छ ।

खेलको १५ औँ मिनेटमा टेन नवोदयका सेनेहाङ लिम्बूले गोलले अग्रता लिएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा देविगञ्जले धेरै अवसर पाए पनि स्कोर गर्न नसक्दा दोस्रो हाफको थप अतिरिक्त समयमा अर्को एक गोल खान पुग्यो । खेलको ८२ औं मिनेटमा टेन नवोदयका घनश्याम चौहानले गोल गर्दै २ गोलको अग्रता बनाए । जित संगै टेन नवोदयले ३ अंक जोड्न सफल भएको छ ।


राष्ट्रिय खेलाडि दिपक राई, चर्च ब्वाईजका सन्तोष न्यौपाने र वि डिभिजनका खेलाडी सहित मैदान उत्रिएको देविगञ्ज एफसीलाई स्तब्ध पार्दै टेन नवोदयले ३ अंक जोड्यो सफल भएको छ ।

पथरीशनिश्चरे नगर भित्रका १४४ जना खेलाडीलाई अक्सन मार्फत ८ क्लवहरुले अनुबन्धीत गरेका छन । मोफसलमै पहिलो पटक भनिएको प्रथम पथरीशनिश्चरे प्रिमियर लिगको च्याम्पियनले नदग १ लाख ७५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने छ । लिग च्याम्पीयनको नगद पथरीशनिश्चरे फेमेली हङकङले प्रायोजन गरेको छ भने टाईटल स्पोन्सर टेन्सबर्ग वियरले गरेको छ ।

खेल मंसिर २५ देखि पुस ११ गते सम्म पथरी रंगशालामा संचालन हुने छ । आइतबारको खेल वाइ. जी.एफ.टी र दि रियल ब्रदर्श बिच हुने आयोजक कमिटिले जनाएको छ ।

सम्बन्धित खवर