जबरजस्ती करणीको आरोपमा एक्जना पक्राउ - Sainokhabar
  • आइतबार, माघ ११, २०७७

जबरजस्ती करणीको आरोपमा एक्जना पक्राउ

साइनो समाचारदाता
पाल्पा । युवतीलाई जबरजस्ती करणी गरेको अरोपमा पाल्पामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली २० वर्षकी युवतीलाई करणी गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले इलाका प्रहरी कार्यालय रामपुरको जनाएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

सम्बन्धित खवर