टेन्सवर्ग पथरी प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफसी र हिमाअस हाइवेले अंक बाडे - Sainokhabar
  • सोमबार, चैत ३०, २०७७

टेन्सवर्ग पथरी प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफसी र हिमाअस हाइवेले अंक बाडे

प्रेम केडि भट्टराई पथरी/
पथरी शनिश्चरेमा आज देखि जारी मोफसलकै पहिलो पथरीशनिश्चरे प्रिमियर लिग फुटबलको उद्घाटन खेलमा शिखर एफसी र हिमाअस हाइवेले १/१ अंक बाडेका छन । खेलको पहिलो हाफमा हिमाअस हाइवेले २ गोलको अग्रता लिए पनि दोस्रो हाफको १० मिनेट सम्हालिन नसक्दा अंक बाड्नु परेको हो ।

खेलको २८ औँ मिनेटमा हाफमा हिमाअस हाइवेका जर्सि नं. ७ का किमजो राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको थप अतिरिक्त समयमा जर्सी नं. १० का अमर याख्खाले गोल गर्दै टिलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफमा कम्जोर देखिएको शिखर एफसी दोस्रो हाफमा लयमा फर्कियो । दोस्रो हाफको २५ औँ मिनेटमा जर्सी नं. १० का बम्फे धिमालले गोल गर्दै खेललाई २–१ मा अन्तरमा पुर्याए । पहिलो गोल गरेको ५ मिनेट बित्न नपाउदै शिखर एफसीका जर्सी नं. ११ का सौर्य राउतले थप १ गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल लिगकम नकआउटका शैलीमा भएको पहिलो खेलमा दुवै टिमले २/२ गोल गरेपछि १/१ अंक बाँडेका छन् । दुवैतर्फका खेलाडीले निकै उत्कृष्ट खेल खेले पनि दुबै तर्फबाट निकै गोल गर्ने सुनौला अवसर भने गुमाएका थिए । खेलको म्यान अफदि म्याच शिखर एफसीका सौर्य राउत भए । भोलिको खेल सिरिजंगा एफ सिका विरुद्ध हेरिका न्यू स्टार एफसी बिच हुने छ ।

प्रतियोगिताको उद्घाटन नगर प्रमुख दिलिप कुमार राईले गर्नुभएको थियोे । नेपालमै पहिलो पटक मोफसलमा अक्सन मार्फत खेलाडि छनौट गरि पहिलो फ्रेन्चाईज लिग हुन लागेको आयोजक समितिका सदस्य एवम राष्ट्रिय खेलाडि दिपक राईले जानकारी दिएका छन । खेलमा ८ वटा टिम सहभागी रहेको छन । लिग च्याम्पेनले नगद १ लाख ७५ हजार प्राप्त गर्ने छन भने फस्ट रनर अपले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । लिगको टाईटल स्पोन्सर टेन्सबर्ग वियर रहेको छ भने लिग च्याम्पीयनले नगद पुरस्कार १ लाख ७५ हजार प्राप्त गर्नेछन् । पथरीशनिश्चरे फेमेली हङकङले उक्त पुरस्कारको प्रयोजन गरेको छ । १५ दिन सम्म चल्ने लिगमा इन्टरनेट पाटनर वल्र्ड लिंक कम्युनिकेशन रहेको छ । प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवोदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लबले सहभागिता जनाउने आयोजक समितिका संयोजक सन्जिब गिरिले जानकारी दिएका छन ।

सम्बन्धित खवर