टेन्सवर्ग प्रथम पथरी शनिश्चरे प्रिमियर लिग फुटबल सुरु - Sainokhabar
  • सोमबार, चैत ३०, २०७७

टेन्सवर्ग प्रथम पथरी शनिश्चरे प्रिमियर लिग फुटबल सुरु

साइनो समाचारदाता
पथरी । ‘टेन्सवर्ग प्रथम पथरी शनिश्चरे प्रिमियर लिग’ फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रस्तावित पथरी रंगशालामा नगर प्रमुख दिलिप कुमार राईले खेलको उद्धाटन गर्नुभएको छ ।

उद्घाटनका क्रममा सम्बोधन गर्दै मेयर राईले नेपालमै पहिलो पटक भएको प्रिमियर लिगले नगरको गरिमा बढाएको बताउनुभयो । कोरोना कहरका बिच सुरु भएको खेलमा खेल अवधिभर स्वास्थ्य सतर्कता अपनाउन पनि उहाँले अनुरोध गर्नुभयो ।

नेपालमै पहिलो मानिएको प्रिमियर लिगमा जम्मा ८ वटा टिम सहभागी रहेका छन् । उद्घाटन खेलमा हिमाअस हाइवे र शिखर एफसी आमुन्ने सामुन्ने रहेका छन् ।

सम्बन्धित खवर