साइनो समाचारदाता
काठमाडौं । मिक्लाजुङमा भएको शिक्षक हत्या प्रकरणमा संलग्नलाई कडा कारवाही गर्न काङग्रेसले माग गरेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको हो ।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७र०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७र०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ । व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’साथै हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण बाटोमा आउन समेत कांग्रेसले अपील गरेका छन् ।