आफ्नै छोरी बलात्कारको आरोपमा बाबु पक्राउ - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

आफ्नै छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

 

साइनो समाचारदाता । दैलेखमा आफ्नै १४ बर्षीय छोरी बलात्कार गरेको आरोपमा ३४ बर्षीय एक पुरूष पक्राउ परेका छन् । बलात्कार आरोपमा पक्राउ परेका ति ब्यक्तिको नाम गोप्य राखेर घटनाको बारेमा दैलेख प्रहरीले सूचना सार्वजनिक गरेकाे छ ।

गएको शुक्रबार मध्य दिउँसो उनले छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । ललाई फकाई जबरजस्ती बलात्कार गरेकाे छोरीले अरुलाई सुनाएपछि घटना बाहिर आउको हो । त्यपछि बलात्कार गरेका आरोपमा ती युवक पक्राउ परेका छन् ।

प्रहरीले अहिले उनलाई हिरासतमा राखेको बताएको छ । उनीमाथि अझै अनूशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

सम्बन्धित खवर