बिप्लव समुहद्वारा मिक्लाजुङमा गोली हानि शिक्षीकाका हत्या - Sainokhabar
  • शनिबार, बैशाख ०४, २०७८

बिप्लव समुहद्वारा मिक्लाजुङमा गोली हानि शिक्षीकाका हत्या

साइनो समाचारदाता विराटनगर । मोरङको मिक्लाजुङमा एक शिक्षकलाई गोली हानी हत्या गरिएको छ ।

मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ ।

श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए ।महेशको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक खड्काले मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको बताए ।

सम्बन्धित खवर