पाथीभरा हिँडेको सुमो कानेपोेखरीमा दुर्घटना,६ जना घाइते - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

पाथीभरा हिँडेको सुमो कानेपोेखरीमा दुर्घटना,६ जना घाइते

प्रेमप्रसाद भट्टराई (के.डि)
पथरी । ताप्लेजुङको पाथीभरा दर्शनका लागि हिँडेको सुमो कानेपोखरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ भने अन्य ५ जना सामान्य घाइते रहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपि दिलिपकुमार गिरिले जानकारी दिए । गम्भीर घाइते हुनेमा बेलबारी नगरपालिका वडा नं ११ बस्ने २९ वर्षिय शैलेश रायमाझी रहेका छन् । उनलाई उपचारका लागि नोवेल हस्पिटल पठाइएको गिरिले बताए ।

मोरङको लक्ष्मीमार्गबाट ९ जना यात्रु लिएर हिँडेको को १ च ९३४० नंबरको सुमो कानेपोखरी गाउँपालिका वडा नं ७ स्थित जंगलक्षेत्रमा दुर्घटना भएको थियो । तिब्र गतिमा रहेको सुमो सोही स्थानमा विग्रीएर राखिएको ना ३ ख ५०४ नंबरको ट्रकलाई आज बिहान अन्दाजी ५३० बजेको समयमा ठक्कर दिएको थियो । ट्रकचालक उर्लाबारी उर्लाबारी वडा नं ६ का जगदीश यादव र सुमो चालक बेलबारी नगरपालिका वडा नं १० का ३० वर्षिय खगेन्द्र कट्वाल सामान्य घाइते रहेका कारण उपचारका लागि आफन्तको जिम्मा लगाइएको तथा ट्रक र सुमोलाई नियन्त्रमा लिइएको डिएसपी गिरिले बताए ।

सम्बन्धित खवर