पूर्वमन्त्री आलमका भाइ भारतमा पक्राउ - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

पूर्वमन्त्री आलमका भाइ भारतमा पक्राउ

साइनो समाचारदाता
काठमाडौं । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम पक्राउ परेका छन् । उनलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर रौतहट ल्याइँदै गरेको उच्च स्रोतले जानकारी दिएको छ । उनलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ ।

०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव आलम पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले उनलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।

सम्बन्धित खवर