ओली बिनै सुरु भयो नेकपा स्थायी समिति बैठक सुरक्षा ब्यवस्था कडा - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

ओली बिनै सुरु भयो नेकपा स्थायी समिति बैठक सुरक्षा ब्यवस्था कडा

साइनो समाचारदाता
काठमाडौँ । नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने बैठकमा सहभागी छैनन् । आजको बैठकमा ओली सहभागी नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।

बैठकस्थलमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ । यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरेको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था अत्यान्त कडा पारिएको छ ।

मन्त्रिपरिषद‍्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद रहँदै आएकोमा प्रचण्ड र ओलीले छुट्टाछुट्टै प्रस्ताव ल्याएपछि विवाद थप उत्कर्षमा पुगेको हो ।

 

सम्बन्धित खवर