राजसंस्थाको पक्षमा काठमाडौँमा प्रदर्शन - Sainokhabar
  • सोमबार, चैत ३०, २०७७

राजसंस्थाको पक्षमा काठमाडौँमा प्रदर्शन

साइनो समाचारदाता
काठमाडौं । राजतन्त्र पुनःस्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय नागरिक आन्दोलनको नेतृत्वमा शनिवार प्रदर्शन भएको हो । राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा विभिन्न नारा लगाएका थिए ।

माइतीघर मण्डालाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले संघीयताको विकल्प खोजिनु पर्ने बताएका छन् । पछिल्ला दिनमा देशका विभिन्न ठाँउमा राजतन्त्रको पक्षमा प्रदर्शन हुँदै आइरहेका छन् ।

सम्बन्धित खवर