टेन्सबर्ग पथरिशनिश्चरे फुटबल प्रीमियर लिग २०७७ मंसिर २५ देखि - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

टेन्सबर्ग पथरिशनिश्चरे फुटबल प्रीमियर लिग २०७७ मंसिर २५ देखि

मोफसलमै पहिलो पटक खिलाडी उत्पादन उद्देश्यले सुरु हुन लागेको फ्रेन्चाईज लिगको टाईटल स्पोन्सर टेन्सबर्ग वियरले गर्ने भएको छ ।
मोरङको पथरीशनिश्चरेमा यहि मंसिर २५ गते देखि हुने प्रिमियर फुटवल लिगको ९० प्रतिसत तयारी सम्पन्न भएको आयोजकले बताएको छ । मंसिर २५ गते देखि सुरु हुने टेन्सबर्ग पथरिशनिश्चरे फुटबल प्रीमियर लिग २०७७ मा नगर भित्रका १४४ खेलाडीले ८ वटा क्लवबाट प्रतियोगितामा प्रतिस्पदा गर्दैछन ।
लिगका लागि देश तथा विदेशबाट सहयोगि हातहरु तथा प्रयोजकहरु आउने क्रम जारि छ । आयोजकले लिगको टाईटल स्पोन्सर, सपोटर र पहिलो पुरस्कारको प्रयोजकको नाम सार्वजनीक गरेको छ । लिग च्याम्पेनको नगद १ लाख ७५ हजार पथरीशनिश्चरे फेमेली हङकङले प्रयोजन गरेको छ । टाईटल स्पोन्सर टेन्सबर्ग वियर (Tensberg Beer), मुख्य प्रायोजक एक्सटेभ फेसन स्पोर्टस (Xtev Fashion Sports) र सपोटर ट्रर्यू भ्यालु ब्राण्डेड वयेर (TrueValue Branded Wear) र ई सुज ब्राण्डेड कलेक्सन (E-Shoes Brand Collection) ले गरेका छन । लिगको इन्टरनेट पार्टनर भने इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले गरेको छ ।
१५ दिन सम्म चल्ने लिग च्याम्पेनले नगद १ लाख ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन भने फस्ट रनरअपले ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन । नेपालमै पहिलो पटक मोफसलमा अक्सन मार्फत खेलाडि छनौट गरि पहिलो फ्रेन्चाईज लिग हुन लागेको आयोजक समितिका सदस्य एवम राष्ट्रिय खेलाडि दिपक राईले जानकारी दिएका छन ।
 
प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लबले सहभागिता जनाउने आयोजक समितिका संम्योजक सन्जिब गिरिले जानकारी दिएका छन ।

सम्बन्धित खवर