राजतन्त्रको पक्षमा सुर्खेतमा पनि प्रदर्शन - Sainokhabar
  • मङ्गलबार, असोज ०५, २०७८

राजतन्त्रको पक्षमा सुर्खेतमा पनि प्रदर्शन

साइनो समाचारदाता
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ । हिन्दु राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति सुर्खेत नामक ब्यानरमा बिहीबार भएको प्रदर्शनका सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड समेत बोकेका थिए ।

वीरेन्द्रनगरको कालिनचौकबाट सुरु मोटरसाइकल ¥याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए । राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग समेत उनीहरुले गरेका थिए ।

सम्बन्धित खवर