पुल उद्घाटन गर्न पुगे रामचन्द्र पौडेल - Sainokhabar
  • मङ्गलबार, माघ ०६, २०७७

पुल उद्घाटन गर्न पुगे रामचन्द्र पौडेल

साइनो समाचारदाता
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गर्न पुगेका छन् । केहीबेर अघि पौडेल व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन स्थल तालघरे पुगेका हुन् ।

पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए । उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराईलगायत नेताहरू पनि सहभागी छन् । बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो।

यो पुल उद्घाटन कांग्रेस नेताले गर्न नहुने भन्दै नेकपाले नेकपा नेताकै हातबाट उद्घाटन गर्नुपर्ने बताउँदै आएका थिए । यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिए पनि दुई वर्षदेखि उद्घाटन हुन सकेको थिएन ।

 

सेतोपाटीबाट

सम्बन्धित खवर