सेल्फी रोडको प्रवद्र्धन गर्दै पथरी जेसिज सप्ताह सुरु - Sainokhabar
  • शनिबार, बैशाख ०४, २०७८

सेल्फी रोडको प्रवद्र्धन गर्दै पथरी जेसिज सप्ताह सुरु

साइनो समाचारदाता पथरी/
पथरी जेसीजले १८ वर्ष देखि ४० वर्ष सम्मका यूवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गरी समाज रुपान्तरणमा समाहित गराउने मूल उद्देश्यका साथ एक सप्ताह कार्यक्रम सुरु गरेको छ ।


२०११ सालमा स्थापना भएको पथरी जेसिजले आफ्नो १० औं स्थापना दिवसको अवसरमा सप्ताह कार्यक्रम सुरु गरेको हो । पथरी जेसीजले प्रत्येक बर्ष समाजका विभिन्न क्षेत्र सकरात्मक कार्य गर्दै आएको र सोहि कार्यलाई निरन्तरता दिर्दै यो बर्ष पनि सप्ताह कार्यक्रम सुरु गरेको पथरी जेसिजका अध्यक्ष सन्तोष ढुङगेलले बताउनु भयो ।
१६ गते कार्यक्रमको समुद्घाटन गर्दे पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले पथरी जेसिजले समाजका हरेक क्षेत्रमा खेलेको भुमिकाको प्रसंसा गर्दै नगर जेसिज संगको सहकार्यमा सधै साथ हुने बताउनु भयो ।
सहभागिता सप्ताहको
१६ गते बाट सुरु भएको कार्यक्रमको २५ गते आफ्नो ठाँउ आफै बनाऔं भन्ने नाराका साथ पथरीशनिश्चरे २ मा रहेको सेल्फी रोडको प्रवद्र्धन गर्दै समापन गर्ने भएको छ ।
सप्ताह कार्यक्रम अन्तर गत १७ गते मलामी खाजा घर सरसफाई, क्यान्सर रोगीलाई आर्थिक सहयोग १८ गते पत्रकार र जेसिज बिच मैत्रीपूर्ण फुटसल, तथा
जनमैत्री प्रशासन र विधिको शासन–जेसीज अभियान हुने जेसि प्रदिप फुयालले जानकारी दिनु भयो ।

सम्बन्धित खवर