पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते - Sainokhabar
  • बुधबार, माघ ०७, २०७७

पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

साइनो समाचारदाता
इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ ।

मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।

रासस

सम्बन्धित खवर