काङग्रेस नेता लुइटेलको जन्मदिनमा असहायलाई सहयोग - Sainokhabar
  • शनिबार, माघ ०३, २०७७

काङग्रेस नेता लुइटेलको जन्मदिनमा असहायलाई सहयोग

साइनो समाचारदाता
कानेपोखरी । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा निरन्तर राजनितीक तथा सामाजिक कार्य गर्दै आएका समाजसेवी एवम नेपाली काङ्ग्रेसका नेता देवेन्द्र लुईटेलले हिजो आफ्नो ४५ औ जन्मदिनमा केही असहायलाई सहयोग गरेका छ्न । जन्मदिनका अवसरमा उनले सोही पालिका वडा नं १ का ५५ बर्षिय जेष्ठ नागरिक रुद्रबहादुर भण्डारीलाई पाखुरा बचाउने लठ्ठी सहयोग गरेका छ्न भने बिगत १८ बर्षदेखि शारीरिक अवस्था कमजोर भएर थलिएका नेपाली काङ्ग्रेस कार्यकर्ता रुद्रबहादुर भण्डारीलाई भेटर उनको अवस्थाबारे बुझेका थिए ।

रुद्रबहादुर भण्डारीले खुसी हुँदै आफू थलिदा कोहि पनि भेटन नआएको तर तपाईं आएर मलाई भेटी मेरो अवस्थाबारे बुझ्नुभयो भन्दै हर्षित भएका थिए साथै उनले जस्तै अन्यले पनि जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक अभियान कार्यमा सक्रियता बढाउनुपर्ने बताए । देवेन्द्र लुइँटेलले बिगतदेखि नै आफ्नो जन्मदिनमा विद्यार्थीलाई कापीकलम,लत्ताकपडा,अशक्तलाई विल चेयर प्रदान गरेर आफू जन्मेको दिनलाई सार्थक बनाउदै आएका छ्न ।

सो कार्यक्रमा गाउँपालीका सभापती योगेन्द्र दाहाल, जिल्ला सदस्य राम मगर, १ नं वडा सभापती बिजय किस्कु, उप सभापती भीम कार्की, ४ नं वडा सभापती भरत राई, उप सभापती षडानन्द दाहाल, क्षेत्रीय सदस्य कोपीला कार्की, सनुजा बस्नेत कार्की, देबि भण्डारी कार्की, बिमला न्यौपाने, २ नं वडा सह सभापती बमबहादुर पौडेल, नगेन्द्र भट्टराई, रुजा बस्नेतलगायत समाजका अग्रज व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर