पथरीशनिश्चरे नगर अस्पताल शिलान्यास - Sainokhabar
  • शनिबार, बैशाख ०४, २०७८

पथरीशनिश्चरे नगर अस्पताल शिलान्यास

प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी । मोरङको पथरीशनिश्चरेमा १५ बेडको नगर अस्पताल बन्ने भएको छ । नेपाल सरकारले आज देशैभर ३९६ वटा अस्पतालको एकैसाथ शिलान्यास गर्ने घोषणा गर्ने निर्णय गरेसँगै पथरीशनिश्चरे वडा नं २ मा पनि नगर अस्पतालको शिलान्यास भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकिय अधिकृत अम्बीका प्रसाद धमला र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं २ का वडाध्यक्ष यामप्रसाद गुरागाईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगरप्रमुख दिलिपकुमार राईले नगर अस्पतालको भवन निर्माणपछि नगरवासीको स्वास्थ्य सेवामा सहजता पुग्न सक्ने बताउँदै नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा विशेष ध्यान पुर्याइरहेको उल्लेख बताउनुभयो । त्यस्तै उपप्रमुख विष्टले कुनै समय स्वास्य सेवाका लागि नगरबाहिर जानुपर्ने समस्या समेत नगरबासिले भोग्नुपरेको स्मरण गर्दै अब आफ्नै नगरअस्पतालमा स्वास्थ्यसेवा पाउने बताउनुभयो । अस्पतालका भौतिक तथा व्यवस्थापनका कुरामा जनप्रतिनिधिहरुले मात्र नभइ सबैले अनुगमन गरी कमीकमजोरी औल्याउनुपर्ने समेत उहाँले बताउनुभयो ।

अस्पतालका लागि जग्गा दिने दाताहरुले समेत मन्तव्य राखेका थिए । नगरबासिले स्वास्थ्य सेवा सरल र सहज रुपमा पाउन भनेर दुखले अर्जेको जमिन अस्पतालका लागि दान गर्न पाउदा खुसी लागेको बताउदै जग्गादाता केशव दाहालले अब यहाँबाट हुने जुनसुकै सेवा सुविधा जनताले सहज रुपमा पाउने र जस्तासुकै योजना र कार्यक्रमहरु पनि पारदर्शी हुने कुरामा विश्वास ब्यक्त गरे । संघीय सरकारको १८ करोड ६८ लाख २ हजार रुपैयाँको लागतमा अस्पताल भवन बन्ने भएको हो ।

सम्बन्धित खवर