कानेपोखरीमा पहिलो पटक निर्माण भएको मस्जिदको उद्धघाटन - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

कानेपोखरीमा पहिलो पटक निर्माण भएको मस्जिदको उद्धघाटन

साइनो समाचारदाता पथरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ०३ स्थित हरकपुरमा पहिलो पटक निर्माण भएको मुस्लिम धर्मावलम्बीहरुको धार्मिक संगम स्थल मस्जिद अल तकुवाको विधिवत समुद्धघाटन भएको छ।


नवनिर्मित भवनको आज शनिबार नेपाली काङ्ग्रेस जिल्ला सभापति एवम संविधान सभा सदस्य डिगबहादुर लिम्बुले रिवन काटी समुद्धघाटन गरेका थिए।

समाजसेवी एवम नेपाली काङ्ग्रेसका युवा नेता देबेन्द्र लुइँटेलको विशेष पहलमा साउदी अरबका नागरिक महमद अब्दुलको करिब १५ लाखको लगानीमा मस्जिद अल तकुवाको निर्माण भएको हो भने सो निर्माण कार्य २०७६ कार्तिक महिनाबाट सुरु गरिएको मस्जिद निर्माणका लागि ठेक्का लिएका ठेकेदार महमद मुर्तजाले बताए।स्वागत मन्तव्यमा मैलाना गुलाम मुस्तफाले समाजसेवी देवेन्द्र लुईटेलले यस मस्जिद निर्माणमा सुरुवातदेखि अहिलेसम्म अहोरात्र खटेको भन्दै सो कार्यको मुख्त कण्ठले प्रशंसा गरेका थिए।
वडा नम्बर ३ मा १० घर, २ मा ५ घर, ४ मा १ घर र १ नम्बर वडामा ९ घर गरि जम्मा २५ वटा मुस्लिम समुदायका मानिसहरुको यस पालिकामा घरहरु रहेका छन।

कानेपोखरी गाउँपालिकाभरीमै मुस्लिम समुदायको बसोबास ज्यादै न्युन रहेका कारणले पनि यस पालिकामा मस्जिद बन्न सकिरहेको थिएन तर हाल आएर विदेशी लगानिबाट सो मस्जिदको निर्माण गरिएको हो।सोही कारणले पनि यस क्षेत्रमा बनेको मस्जिद अल तकुवा एक आर्कषणको केन्द्रबिन्दु बनेको छ।

कार्यक्रममा विभिन्न दलमा राजनीतिदलका प्रतिनिधिहरु विभिन्न समाजसेवी व्यक्तित्वहरुलगायत शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा बोल्ने वक्ताहरुले सबै धर्मको आशय एउटै हुने भएकाले धर्म धर्मका बिचमा आपसी सद्धभाव भएमात्र समाजको द्रुत विकास हुने धारणा राखेका थिए।

सम्बन्धित खवर