रेवत पारघरी
तेह्रथुम । नेपाली कांग्रेस छथर गाउँपालिकाले अग्नी पिडितलाई आर्थीक सहयोग प्रदान गरेको छ । काङग्रेसले आज एक कार्यक्रमका बिच छथर गाउँपालिका ४ फाक्चामाराका अग्नी पिडित रामबहादुर तमाङलाई नगद रु १० हजार रुपैया प्रदान गरेको हो ।
नेपाली कांग्रेस छथरका नेता तथा कार्यकर्ताहरुको उपस्थीतिमा पीडिको घरैमा पुगेर सहयोग रकम प्रदान गरेका थिए । छथर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नुमबहादुर मगर छथर ४ का कार्यबाहक सभापती सिद्धीमान लिम्बु, छथर ६ का सभापती महेन्द्र मादेनले संयुक्त रुपमा सहयोग प्रदान गरेका थिए । बिद्युत सर्ट भएर तामाङको घरमा आगालागी हुँदा २ लाख ५० हजार बराबरको क्षती भएको थियो ।