महिलामाथि सामूहिक बलात्कार - Sainokhabar
  • मङ्गलबार, माघ १३, २०७७

महिलामाथि सामूहिक बलात्कार

साइनो समाचारदाता
कैलाली । बुधबार राति डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा एक महिलामाथि सामूहक बलात्कार भएको छ । स्थानीय ३० वर्षकी महिलामाथि मेला हेरेर फर्किएका युवाहरुले सामूहिक बलात्कार गरेको उजुरी परेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

‘मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको छ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौ ।’ घटनामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ३० वर्षका टेक दमाईंलाई पक्राउ गरेको छ ।

सम्बन्धित खवर