दौलतपुरमा जङ्गली हरिण फेला - Sainokhabar
  • मङ्गलबार, माघ १३, २०७७

दौलतपुरमा जङ्गली हरिण फेला

साइनो समाचारदाता । मोरङको रङ्गेली नगरपालिका–३ दौलतपुरमा जङ्गली हरिण भेटिएको छ । स्थानीयवासी शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको भाले हरिणलाई स्थानीयवासीले नियन्त्रणमा लिई आज बिहान प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले हरिणलाई आमतोलास्थित सबडिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । जङ्गलबाट आएको हरिणले करिब ३० किमीको यात्रा पार गरेको बताइएको छ ।

रासस

सम्बन्धित खवर