४८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ - Sainokhabar
  • मङ्गलबार, माघ ०६, २०७७

४८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

साइनो समाचारदाता । कौडा खेलिरहेको अवस्थामा बुधवार राति प्रहरीले एकै ठाउँबाट १७ जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यबिन्दु नगरपालिका ८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश महतो सहित १७ जनालाई पक्राउ गरेको हो ।

उनको घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार २ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर