साइनो समाचारदाता । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर वहादुर को घर अगाडि हुलाकी सडक लाई छुने कालोपत्रे सडक निर्माण को लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय ९४ रुपैयाँ मा नितिका एण्ड राज कन्ट्रक्सन सप्तरी लाई २०७५ चैत्र १३ गते ठेक्का को सम्झौता पाएको थियो ।
निकिता ले २०७६ असार २० गते निर्माण सम्पन गर्ने भनिएता पनि विभिन्न कारण देखाउदै बारम्बार समय अबधि थप गरेता पनि हाल सम्म पनि उक्त सडक को काम सम्पन्न हुन सकेको छैन । सो कम्पनी ले कालोे पत्रे गर्ने काम सुरु गरेता पनि सडकमा भने माटोे को मिस्रण नहटाई धुलो र माटोे जमेकैैै ठाउँमा रातिको समयम कालोपत्रे गर्नु भन्दा अगाडि गरिने प्राईम कोड लगाएको खवर विभिन्न अनलाइन मा समचार समप्रेसण भए पछि आईतबार नगरपालिका का ईन्जिनियर श्याम सिहं लगायत कोे टोलिले उक्त सडको निरिक्षण गरेका थिए ।
ईन्जिनियर ले सो सडक पुनः राम्रो संग सफा र माटो को मिस्रण हटाएर मात्रै पुनः प्राईम कोड लगाउन निर्देशन दिएता पनि निकिता एण्ड राज कन्ट्रक्सन का प्रमुख दिनेश साह ले भने ईन्जिनियर को निर्देशन लाई अटेर गर्दे उक्त कम्पनी ले पुनः सोमबार राति ५ बजे सो सडकमा पुनः प्राईम कोड लगाएका छन । यसरी ठेक्केदार कम्पनी ले रातिको समयमा धुलो नहटाई प्राईम कोड लगाउदा उक्त सडक कति समय सम्म बलियो र टिकाउ होला सोझै अनुमान लगाउन सकिन्छ । सो बिषयमा जानकारी लिदा ठेक्केदार दिनेश साह ले भने आफुु ले सो सडक राम्रोसँग सफा गरेर प्राईम कोेड गरेको भन्दैै पन्छिन खोेजे ।
सो ठेक्केदार कम्पनी ले सडक निर्माणकार्य गर्दा उक्त सडक को कुल लागत , ठेक्का पाएको सम्झौता र सम्पन हुने समय अबधि को बारेमा सबै स्थानीय लाई जानकारी गराउन सुचना पाटि अनिवार्य राख्नुपर्ने भएता पनि उक्त कम्पनी ले भने सुचना पाटि समेत कुनै ठाउँमा न रहेको स्थानीयले बताए । बारम्बार यस्तो लापरबाही गर्ने ठेक्केदार कम्पनी लाई नगरपालिकाले कस्तो कार्वाही त्यो भने हेर्ने बाँकी रहेको छ ।