पूर्व अध्यक्षको शोकमा आज नगर बिदा - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

पूर्व अध्यक्षको शोकमा आज नगर बिदा

साइनो समाचारदाता
पथरी । मोरङको पथरी गाउँविकास समितिका पूर्व अध्यक्ष तिलक वान्तवा राईको निधनमा शोक ब्यक्त गर्दै आज पथरीशनिश्चरे नगरपालिका कार्यालय र मातहतका कार्यालय बिदा गरिएको छ ।

उहाँको निधनप्रति पथरीशनिश्चरे नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै आज कार्यालय बिदा गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले नगरले एउटा असल सामाजिक अभिभावक गुमाएको भन्दै गहिरो दुःख सहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भयो । राइको कोरोना भाइरसका कारण आज विहान निधन भएको हो ।

२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित सामाजिक अगुवा ६६ वर्षीय राईको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । सामाजिक काममा लोकप्रियता हाँसिल गर्नुभएका राईले हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी मनकामना सहकारीका संस्थापक अध्यक्ष, पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्ष सहित दर्जनौं संघ संस्थाको अगुवाई गर्नुभएको थियो ।

सम्बन्धित खवर