राष्ट्रिय खेलाडी दिपक राईलाई पितृ शोक, रहेनन तिलक बान्तावा - Sainokhabar
  • शनिबार, माघ ०३, २०७७

राष्ट्रिय खेलाडी दिपक राईलाई पितृ शोक, रहेनन तिलक बान्तावा

साइनो समाचारदाता
पथरी । राष्ट्रिय खेलाडी दिपक राईलार्य पितृ शोक परेको छ । उनका पिता तिलक बान्तावा राईको कोरोनाका कारण आज बिहान निधन भएको हो । पथरी गाउँविकास समितिका पहिलो अध्यक्ष समेत रहेका तिलक वान्तवा राई नगरका प्रतिष्ठित ब्यक्ति हुन् ।

२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित सामाजिक अगुवा ६६ वर्षीय राईको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । सामाजिक काममा लोकप्रियता हाँसिल गरेका राईले हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी मनकामना सहकारीका संस्थापक अध्यक्ष, पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्ष सहित दर्जनौं संघ संस्थाको अगुवाई गरेका थिए ।

उनको निधनप्रति पथरीशनिश्चरे नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले नगरले एउटा असल सामाजिक अभिभावक गुमाएको भन्दै गहिरो दुःख सहित उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । पथरीशनिश्चरे १ पथरी बजार निवासी उनलाई कार्तिक २१ गते कोरोना पोजेटिभ देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएको थियो ।

स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः स्वास प्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि विराट मेडिकल कलेजमा ५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा निधन भएको उनका छोरा दीपक राईले बताए । वान्तवाका १ श्रीमती, ४ छोरी र २ छोरा छन् । जसमध्ये दीपक नेपाली फुटबलका राष्ट्यि खेलाडी हुन ।

सम्बन्धित खवर