साइनो समाचारदाता । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गर्नुभएको छ । पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताउनुभयो । “भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्वराज्यमन्त्री रेशम लामा, प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, वाग्मती प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र चन्द्र लामा, पनौती नगरप्रमुख भीम न्यौपाने र विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
रासस