नेराबैंकले रु १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

नेराबैंकले रु १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

साइनो समाचारदाता । नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । त्यसमा कूूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र रु ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

 

रासस

सम्बन्धित खवर